बैतडी, ३ भदौ । बैतडीको सलेना–१ मा रहेको बागगोठ खोलामा बिहीबार दिउँसो एक बालकको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी १४ वर्षीय बालकको शव रहेको जनाएको छ ।
यही साउन २२ गते उक्त खोला तर्ने क्रममा दुर्गास्थान–२ का भरतराम ओडका १४ वर्षीय छोरा यशवन्त ओड बेपत्ता भएकाले शव यशवन्तकै हुनसक्ने अनुमान गरिएपनि पुष्टि भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो ।
यशवन्तको शव हुनसक्ने भनेर घरपरिवारलाई खबर गरिएको र आफन्त आइपुगेपछि मात्रै शवको सनाखत हुने बताइएको छ । रासस
No comments:
Post a Comment