काठमाडौँ, ३ भदौ । भाद्र कृष्ण प्रतिपदा (शुक्रबार)बाट वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको स्मृतिमा गाईको प्रतीक तथा विभिन्न झाँकी प्रदर्शन गरेर गाईजात्रा मनाइँदैछ । विशेषगरी नेवार समुदाय बसोबास गर्ने विभिन्न जिल्लामा गाईजात्रा मनाउने गरिन्छ ।
तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराजमात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।
राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । काठमाडौँ, पाटन र भक्तपुरका दरबार क्षेत्र परिक्रमा गरेर यो जात्रा मनाउने चलन अझै छ । ओखलढुङ्गा, भोजपुर, सुनसरीको धरान, बागलुङ, पाल्पालगायतका नेवार बसोबास भएका क्षेत्रमा पनि यो जात्रा मनाउने गरिन्छ । यसै दिन व्यङ्ग्यात्मक प्रदर्शन, प्रहसन तथा प्रकाशनहरूमा व्यङ्ग्यपूर्ण रचना प्रकाशित गर्ने चलन छ ।
Thursday, August 18, 2016
आज गाइजात्रा पर्व मनाइँदै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment