काठमाडौँ, २१ साउन । प्रेस काउन्सिल नेपालका प्रथम अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतले आफ्नै नामबाट हरेक वर्ष एक उत्कृष्ट पत्रकारलाई पत्रकारिता पुरस्कार वितरण गर्नका लागि अक्षयकोष स्थापना गर्नुभएको छ ।
बस्नेतले ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ का लागि रु २६ लाखको अक्षय कोष स्थापना गर्नुभएको हो । काउन्सिलमार्फत प्रदान गरिने उक्त पुरस्कार स्थापना गर्नेबारे पूर्वअध्यक्ष बस्नेत र काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीबीच आज सम्झौता भएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालले जानकारी गराउनुभयो ।
रु एक लाख पाँच हजारको उक्त पुरस्कार काउन्सिलको वार्षिकोत्सवमा ‘पत्रकारिता आचारसंहिता’मा समाचार सङ्कलन गर्ने उत्कृष्ट एक पत्रकारलाई पुरस्कृत गरिने खनालले जानकारी गराउनुभयो । उहाँका अनुसार पुरस्कार यसै वर्षदेखि प्रदान गरिने छ । यसअघि काउन्सिलबाट गोपालदास पत्रकारिता पुरस्कारलगायत थुप्रै पुरस्कार स्थापना गरिएका छन् । रासस
No comments:
Post a Comment