काठमाडौँ, २१ साउन । सर्वोच्च अदालतले अख्यितार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सात जना चिकित्सकलाई थालिएको कारबाही निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश डा आन्नदमोहन भट्टराइको एकल इजलासले आज त्रिविका सात चिकित्सकलाई थालिएको कारबाहीको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
अख्तियारले नेपालको संविधानले दिएको अधिकारक्षेत्र बाहिर गई कारबाही प्रक्रिया अघि बढाएको हुँदा कारबाही कार्यान्वयन नगर्न आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
आदेशमा भनिएको छ, “अख्तियारको पत्र कार्यान्वयन भएमा वा सो बमोजिम कारबाही अगाडि बढाएमा निवेदकको वृत्तिविकासमा समेत अवरुद्ध हुन जाने देखिँदा निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको निर्देशन कार्यान्वयन नगरी यथास्थितिमा राख्नु ।”
No comments:
Post a Comment