Monday, August 8, 2016

नेविप्राका ३२ ग्राहक कालोसूचीमा

सल्यान, २४ साउन । नेपाल विद्युत् प्राधिकरण सल्यानले विद्युत् महसुल नतिर्ने ३२ ग्राहकलाई कालोसूचीमा राखेको जनाएको छ ।

विद्युत् प्रयोग गरी लामो समयसम्म पनि महसुल नतिर्ने दुई सरकारी कार्यालयसहितका ग्राहकलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएका ग्राहकबाट रु एक लाख ८३ हजार २५३ बक्यौता रहेको प्राधिकरण सल्यानले जनाएको छ । शाखाका प्रमुख दयाराम शाहले कालोसूचीमा परेकाहरुलाई पटक पटक पत्राचार गरी बक्यौता तिर्न ताकेता गरिए पनि महसुल नतिरेकाले कालोसूचीमा राख्नुपरेको जानकारी दिनुभयो ।

प्राधिकरणले बक्यौता तिर्न बाँकी रहेकाहरुको लाइन काट्ने, सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा मिटर बक्स दिन रोक्ने तथा कालोसूचीमा राख्ने कार्य गरेको शाहले जानकारी दिनुभयो ।

आव २०७२÷०७३ मा कालोसूचीमा पर्ने ग्राहकमध्ये सबैभन्दा धेरै घरबत्तीवाला छन् । कालोसूचीमा पर्नेमा घरबत्तीवाला २४, उद्योग, सरकारी कार्यालय र मन्दिर दुई दुई तथा व्यापारिक र सडकबत्तीका ग्राहक कालोसूचीमा परेको काउन्टर इन्चार्ज गणेश बुढाथोकीले बताउनुभयो ।
सल्यान शाखाले आव २०७२÷७३ मा २८ लाख ८५ हजार ९३० युनिट विद्युत् बिक्री गरेको थियो । शाखामा हाल छ हजार ९६६ ग्राहक छन् । आव २०७१÷७२ मा ६३ ग्राहक कालोसूचीमा परेकामा गत आव २०७२÷७३ मा विद्युत् महसुल नतिर्ने ग्राहकको सङ्ख्यामा भने कमी आएको प्राधिकरणले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts