Monday, August 8, 2016

फेवातालमा डुङ्गा पल्टँदा दुई बेपत्ता

पोखरा, २४ साउन । वैदामस्थित फेवातालमा आज अपराह्न डुङ्गा पल्टँदा दुई जना बेपत्ता हुनुुको साथै छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डुङ्गा पल्टँदा काठमाडौँ चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलिन केसी बेपत्ता भएका छन् ।

दुर्घटनामा घाइते हुनेमा काठमाडौँ चक्रपथकै वर्ष १९ का सौगात श्रेष्ठ, वर्ष २० का सम्राट गौतम, वर्ष ३१ का दीपक न्यौपाने, बसुन्धरा बस्ने वर्ष १९ को रोशन न्यौपाने, मकवानपुर हेटौँडा–६ बस्ने वर्ष ३६ का विदुर धिताल र डुङ्गा चालक सिन्धुली घर भई हाल पोखरा लेकसाइड बस्ने वर्ष ३० का गङ्गा बस्नेत रहेको प्रहरीले जनाएको छ ।

डुङ्गा दुर्घटनाको खबर प्राप्त हुन साथ वडा प्रहरी कार्यालय वैदाम र सशस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगेको थियो । दुर्घटनामा पर्ने सबैजना काठमाडौँबाट पोखरा घुम्न आएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts