काठमाडौँ, २३ साउन । भारतको कोलकतमा भएको दोस्रो अन्तर्राष्ट्रिय खुला कराते च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको एकल कातामा नेपालकी कुसुम पौडेलले स्वर्णपदक हात पारेकी छिन् ।
उनले ११ वर्षमुनि उमेर समूहको एकल कातामा बङ्गलादेशलाई ३–२, सिङ्गापुरकी खेलाडीलाई ४–१, र फाइनल खेलमा भारतलाई ५–० ले पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । त्यस्तै कुमुतेतर्फ भारतलाई ७–४, सिङ्गापुरलाई ४–३ तथा फाइनलमा बङ्गलादेशलाई ८–० को अन्तरले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरिन् ।
त्यस्तै नौ वर्षमुनि उमेर समूहको महिला एकल काता नेपालकी पुनम पौडेलले भारतको खेलाडीलाई ३–२, सिङ्गापुरको खेलाडीलाई ३–२, तथा फाइन खेलमा बङ्गलादेशको खेलाडीलाई ४–१ ले हराउँदै स्वर्ण पदक प्राप्त गरिन् ।
त्यसैगरी कुमुतेतर्फ उनले भारतलाई ८–४, सिङ्गापुरलाई ६–५, ले हराउँदै फाइनलमा बङ्गलादेशमाथि ५–३ सहज जित हासिल गर्दै स्वर्ण पदक हासिल गरिन् ।
बाह्र वर्षमुनि उमेर समूहको खेलमा नेपालकी रोजीता ढुङ्गेलले भने काता र कुमुते गरी दुवै स्पर्धामा रजत पदकमा पाइन् ।
त्यसैगरी पुरुषतर्फको नौ वर्ष उमेर समूहको कातामा नेपालका सुशान्त हुमागार्इंले भारतलाई ४–१ ले, बङ्गलादेशलाई ३–२ पराजित गरे भने फाइनलमा सिङ्गापुरसँग ४–१ को हार बेहोरेपछि रजत पदकमा चित्त बुझाए । त्यस्तै कुमुतेतर्फ भने उनले स्वर्ण पदक प्राप्त गरे । उनले भारतलाई ४–०, सिङ्गापुलाई ३–२, तथा फाइनल खेलमा बङ्गलादेशलाई ६–० को अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।
यसैगरी १५ वर्षमुनिको उमेर समूहमा महिला कातमा नेपालका एलिसा तामाङले भारतलाई ३–२ ले, बङ्गलादेशलाई ४–१ ले हराउँदै स्वर्ण पदक प्राप्त गरिन् । कुमुतेतर्फ उनले भारतलाई ४–३, सिङ्गापुरलाई ३–२, ले हराइन भने सेमिफाइनलमा बङ्गलादेशसँग ६–० को हार बेहोरेपछि कास्य पदकमा चित्त बुझाउन बाध्य बनिन् ।
तेह्र वर्षमुनि उमेर समूहको पुरुष कातामा नेपालका दिवाकर लामाले कास्य पदक प्राप्त गरे । उनले भारतलाई ५–२ ले, बंगलादेशलाई ४–३ ले हराए भने सेमिफाइन खेलमा भारतसँग पराजित भएपछि कास्य पदकमा चित्त बुझाएका हुन् ।
त्यसैगरी नेपालकी अर्की खेलाडी अन्जु तामाङले सत्र वर्षमुनिको उमेर समूहको कातामा कास्य पदक जितिन् भने कुमुतेमा स्वर्णपदक जित्न सफल भइन् ।
त्यस्तै नेपाली अर्की खेलाडी मनीसा थारूले ५५ केजी तौल समूहमा सिंगापुरकी खेलाडीसँग पराजित हुँदै रजत पदक प्राप्त गरिन् । रासस
No related posts.
No comments:
Post a Comment