Wednesday, August 3, 2016

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने खनाल पक्राउ

काठमाडौँ, १९ साउन । क्यानडा पठाइदिने भन्दै १८ जनालाई ठगी गर्ने ब्राइट फ्युचर क्यानेडियन इमिग्रेसन कन्सल्टेन्सीका सञ्चालक रामप्रसाद खनाललाई महानगरीय अपराध महाशाखा, काठमाडौँले पक्राउ गरेको छ ।

कन्सल्टेन्सी सञ्चालक खनालले दुर्गाबहादुर पुन, गोविन्दप्रसाद रेग्मी, प्रकाश थापा, जीतेन्द्र शेरचन, रवीनकुमार रौनियार, कृष्ण पाण्डे, देवराज राई, नवीनकुमार झा, उमेश खड्का, रेखा कडरिया, कल्पना कडरिया, निशा बराल, रिमा क्षेत्री, विक्रान्त केसी, राजन सुवेदी, रामचन्द्र पौडेल, सुनिल घिमिरे र बबिता गुरुङलाई क्यानडा पठाइदिने भन्दै रु ६५ लाख १४ हजार ५०० ठगी गरेका थिए ।

महाशाखाका अनुसार रकम उठाएपछि अर्घाखाँची खनदह–१ स्थायी ठेगाना भई हाल बूढानीलकण्ठ बस्दै आएका सञ्चालक खनाल सम्पर्कविहीन भएका थिए । उनलाई महाराजगञ्जबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts