Wednesday, August 3, 2016

प्रधानमन्त्रीको शपथ बिहीबार अपराह्न

काठमाडौँ, १९ साउन । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ बिहीबार गराउने तयारी गरिएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भोलि अपराह्न ३ बजे आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ माधव शर्माले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद्मा आज भएको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष दाहाल प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts