Monday, August 8, 2016

प्राङ्गारिक प्रमाणीकरण भदौदेखि

काठमाडौँ, २४ साउन । काठमाडौँमा रासायनिक मल र विषादी प्रयोग नगरी उत्पादन गरिएका प्राङ्गारिक उत्पादनको प्रमाणीकरण भदौदेखि हुने भएको छ ।

प्राङ्गारिक उत्पादनको प्रमाणीकरण गर्न जिल्ला कृषि विकास कार्यालयका प्रमुख अरुणप्रकाश भट्टको संयोजकत्वमा जिल्ला प्राङ्गारिक उपज प्रमाणीकरण समिति गठन गरी काम सुरु भएको छ । समितिले २०७२ चैतमा प्राङ्गारिक उपज उत्पादन गर्ने कृषि फार्मलाई सूचीकृत हुन सूचना निकालेको थियो भने २२ वटा कृषि फार्मले दर्ता गराएका छन् ।

निवेदन दर्ता गराएका कृषि फार्ममा प्राङ्गारिक निरीक्षक खटाएर अनुगमन गराई प्रमाणीकरणको प्रक्रिया सुरु गर्न लागिएको कार्यालय प्रमुख भट्टले राससलाई जानकारी दिनुभयो । “प्राङ्गारिक उपजको प्रमाणीकरण भएपछि उत्पादन गर्ने कृषि फार्मलाई स्टिकर दिइन्छ, तरकारी, आलु, फलफूल, बेसार, कफी, अदुवालगायत उपज प्राङ्गारिक उत्पादन गर्न सरकारले प्रोत्साहन गरेको छ” – उहाँले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts