काठमाडौँ, २४ साउन । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय काठमाडौँले खारेज गरेको पेट्रोल पम्प पुनः आफूखुसी सञ्चालन गरेको भन्दै शिलबन्दी गरेको छ ।
कार्यालयले अनुगमनका क्रममा धुलिखेल आयल स्टोरले पुनः सञ्चालन गरेको फेला पारेपछि शिलबन्दी गरेको हो । कार्यालयका प्रमुख शशिभूषण कुमार यादवले नापतौल कार्यालयले रोक्का गरेको पम्पलाई पुनः सञ्चालन गरेपछि तीन दिनभित्र कार्यालयमा हाजिर हुन पत्राचार गरी आयल निगमबाट तेल रोक्का गरिएको जानकारी दिनुभयो ।
यस्तै कार्यालयले नापतौलको अनुमति नलिई सञ्चालन गरेको भन्दै भक्तपुर जुजु धौ र भक्तपुर जुजु धौ डेरी उद्योगलाई कारबाही गरेको छ । कार्यालयले उक्त डेरी सञ्चालकलाई तीनदिनभित्र कार्यालयमा हाजिर हुन भनेको छ । रासस
No comments:
Post a Comment