Monday, August 8, 2016

इच्छापत्र प्रणाली लागु गर्न नहुने सुझाव

काठमाडाँै, २४ साउन । इच्छापत्र प्रणाली नेपालको संविधानसँग बाझिने भएको हुँदा लागू गरिनु हुन्न भन्ने सुझाव यहाँ आयोजित कार्यक्रममा दिइएको छ ।
अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजना र केन्द्रीय कानुन विभागको संयोजनमा मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयकको संशोधन सम्बन्धमा शनिबार आयोजित अन्तक्र्रियामा सो सुझाव दिइएको हो । बैठक अनेमसङ्घका कावा अध्यक्ष गोमा देवकोटाको अध्यक्षतामा भएको थियो ।
कानुन विभागका सचिव निशा बानियाँबाट मुलुकी ऐनलाई विस्थापन गर्न बनेको विधयेकमाथि संशोधनसम्बन्धी छलफलका लागि व्यवस्थापिका¬–संसद्मा दर्ता भएको प्रस्तावको कार्यपत्र, देवानी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, फौजदारी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयकमा प्रस्तावित व्यवस्थामाथि संशोधन प्रस्ताव, फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी विधेयक, फौजदारी मुद्दामा सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी विधेयकमा कार्यपत्र प्रस्तुतिपछि सहभागीका तर्फबाट सुझाव मागिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts