Sunday, September 4, 2016

कार्कीको चीरहरणलाई पद्यश्री र काइँलालाई पद्यश्री सम्मान प्रदान गरिने

काठमाडौ, १९ भदौ । खेललाल–हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई अर्पण गर्ने निर्णय गरेको छ ।
स्मरणीय छ, प्रतिष्ठानले वि। सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ । गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोबमोजिम मिति २०७३/४/११ गतेको विज्ञप्तिमा रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र(आख्यान वीरगञ्ज) मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पाँच कृतिको सूचि सार्वजनिक गरिएको सर्वविदितै छ । यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ।
पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिनेछ ।
त्यसै गरी वि. सं. २०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई अर्पण गर्ने निर्णय भएको व्यहोरा पनि अनुरोध गर्दछौं । श्री काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आउनुभएको छ । नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा पनि उहाँको सक्रिय योदगान रहँदै आएको छ । उहाँसहितको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको थियो । उहाँका यिनै अविच्छिन्न योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान उहाँलाई अर्पण गर्ने निर्णय गरेको हो । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय  मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई अर्पण गरिसकिएको छ ।
सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया नगद अर्पण गरिनेछ । पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिनेछ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts