Tuesday, September 20, 2016

आतङ्ककारीलाई कडा कारबाही गर्न माग

काठमाडौँ, ४ असोज । विद्यालय क्षेत्रमा बम विस्फोट गराउने आतङ्ककारीलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

निजी तथा आवासीय विद्यालय संगठन, काठमाडौँ जिल्लाले आज आयोजना गरेको कार्यक्रममा उच्च मावि सङ्घ (हिसान) निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवशीय विद्यालय संगठन (एनप्याब्सन)का अध्यक्ष तथा शिक्षकले घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

हिसानका अध्यक्ष रमेश सिलवालले शान्ति क्षेत्रमा यसरी बम आतङ्क हुनु दुःखद भएको बताउँदै सो घटना नियन्त्रण गर्नका लागि राज्य गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।

प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बम आतङ्कका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको जानकारी दिँदै शान्ति क्षेत्रका रुपमा रहेका विद्यालयमा यस्ता घटना घट्नु दुःखद भएको बताउनुभयो ।

एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले विद्यालय क्षेत्रमा यस्ता घटना घटेपछि शिक्षा मन्त्रालयको धारणा आउनुपर्ने विचार राख्दै कुनै दलको सङ्गठनका नाममा निजी विद्यालयमाथि गम्भीर आक्रमण भइरहँदा सरकार र अधिकारवादी मौन बस्नु दुर्भाग्य भएको बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका महासचिव डिके ढुङ्गानाले आजको घटनाको सम्बन्धमा शिक्षा मन्त्रालय र गृहमन्त्रालयसमक्ष कुरा राखेर दोषीलाई कारबाही गर्न माग गरिने जानकारी दिनुभयो ।

शिक्षक भवानीप्रसाद पौडेल, शिक्षिका रीता राईलगायतले शान्ति क्षेत्र घोषणा भएको विद्यालयमा बम पड्काउनु अपराधपूर्ण कार्य भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts