Tuesday, September 20, 2016

मादकपदार्थ सेवन गरेका सचिव कार्यालयबाटै समातिए

झापा, ४ असोज । मादकपदार्थ सेवन गरेर कार्यालय पुगेका एक सचिव झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिविस झापामा कार्यरत सचिव तारानाथ दाहाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरेर कार्यालय आएपछि उनलाई स्थानीय विकास अधिकारी खेमराज ओझाले प्रहरीलाई बोलाएर जिम्मा लगाउनुभएको थियो । दिनहुँजसो कार्यालय समयभन्दा ढिलो गरी अफिस आउने, मादकपदार्थ सेवन गरेर अफिसमा होहल्ला गर्ने र निर्धारत पोसाकमा कार्यालय नआएपछि उनलाई प्रहरीलाई बोलाएर जिम्मा लगाएको स्थानीय विकास अधिकारी ओझाले बताउनुभयो ।

पक्राउ परेका सचिव आज मादकपदार्थ सेवन गरेर होहल्ला गर्दै हाफपाइन्टमा अफिस आएका थिए । अफिस आएलगत्तै उनलाई स्थानीय विकास अधिकारी आफैँले प्रहरीलाई खबर गरी पक्राउ गर्न निर्देशन दिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts