तास्कन्द, १८ भदौ । उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गतः शुक्रबार राति निधन भएको छ ।
गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको र उपचारकै क्रममा उहाँको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ ।
उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मनु भएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि तास्कन्द इन्स्टिच्युट अफ नेशनल इकोनोमिमा मेकानिकल ईन्जिनियरिंग र अर्थशास्त्र बिषयमा स्नातक उपाधि हासील गर्नु भएको थियो ।
अध्ययन पश्चात् उहाँले विमान उत्पादन गर्ने एउटा कम्पनी समूहमा मेकानिकल ईन्जिनियरको पदमा केही वर्षसम्म काम गर्नु भयो ।
राजनीतिप्रति झुकाव रहेका कारण सन् १९६६ मा इन्जिनियरको जागिर छाडी तत्कालिन सोभियत संघको कम्युनिस्ट पार्टीमा आवद्ध भै निरन्तर लाग्दालाग्दै राज्यस्तरको उच्च नेताको तहसम्म पुगी आफ्नो राजनीतिक चरित्र निर्माण गर्नु भयो ।
राजनीतिक चरित्र निर्माणकै क्रममा सन् १९८९ को जुन महिनामा पछि उहाँले उज्बेकिस्तान कम्युनिस्ट पार्टी केन्द्रिय समितिको प्रथम सचिबको दायित्व वहन गर्नु भएको एक वर्षभन्दा कम समयावधिः १९९० मार्च २४ मा उहाँ उज्बेक सोभियत सोसलिस्ट रिपब्लिकको राष्ट्रपति पदमा निर्वाचित हुनुभयो ।
तत्कालिन सोभियत संघ अन्तर्गत रहेको देशको सर्वौच्च नेताको हैसियतमा उहाँले सन् १९९१ अगस्ट ३१ का दिन उज्बेकिस्तान एक स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएको घोषणा गर्नु भयो तथा उज्बेकिस्तान पिपुल्स डेमोक्र्याटिक पार्टीको स्थापना गरी त्यसको सर्वोच्च नेतामा चयन पनि हुनुभयो ।
सोही वर्ष सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उहाँ स्वतन्त्र उज्बेकिस्तानको प्रथम राष्ट्रपति पदमा निर्वाचित हुनुभयो ।
सन् १९८९ को मध्यतिर तत्कालिन सोभियत संघ टुक्रिएपछि उज्बेकिस्तान कम्युनिस्ट पार्टीले सोभियत संघआबद्ध राजनीतिक सम्बन्ध समाप्त भएको घोषणा गरेको थियो ।
स्वतन्त्र उज्बेकिस्तानको सर्वोच्च पद लगातार पच्चीस वर्षसम्म सफलतापूर्वक सम्हाल्नु भएका इस्लामको निधन हुनु अघिसम्म तेस्रो पटकको राष्ट्रपतीय कार्यकाल व्यतीत भइरहेको थियो ।
उज्बेकिस्तानको संबिधान अनुसार यस्तो अवस्थामा तीन महिना भित्र राष्ट्रपतीय निवार्चन सम्पन्न गर्नुपर्ने छ । नयाँ राष्ट्रपतिको चयन नभएसम्मका लागि राष्ट्रपतिले सम्हाल्दै आउनु भएका अभिभारा सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभले अस्थायी रुपमा वहन गर्नु हुनेछ ।
राष्ट्रपति इस्लामको दुइवटी महिलासँग बिबाह भएको र दोस्रो पत्नीपट्टिबाट दुईवटीः गुल्नारा करिमोभा तथा लोला करिमोभा(तिल्याएभा नामका छोरीहरु छन् । दुबै छोरीहरु उज्बेकिस्तानको उच्च कूटनीतिक पदमा कार्यरत छन् ।
यसैबीच चीनका राष्ट्रपति सि जिन पिङ्गले बेइजिङ्गबाट उज्बेकिस्तानको सर्वोच्च राज्यसभाका प्रमुख सिनेट निग्मातुल्लाह युल्दासेभलाई सम्बोधन गरी टेलिग्राममार्फत् आज एक शोकसन्देश पठाउनु भएको छ ।
उक्त शोकसन्देशमा राष्ट्रपति इस्लामको निधनप्रति गहिरो समवेदना प्रकट गरिएको र शोकसंतप्त परिवार तथा राष्ट्रवासीप्रति हार्दिक सहानुभूति व्यक्त गरिएको छ ।
उहाँको असामयिक निधनमा आफू तथा सम्पूर्ण चिनियाँ जनता भावबिह्वल भएको र यस्तो राष्ट्रिय दुखःद घडीमा चीन सदैव उज्बेकिस्तानको साथ र नजिक रहने पनि उक्त सन्देशमा उल्लेख गरिएको छ । रासस ÷सिन्ह्वा
Saturday, September 3, 2016
उज्बेकिस्तानका राष्ट्रपतिको निधन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment