मनिला, १८ भदौ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशभित्र अचानक देखापरेको सुरक्षा चुनौतिका कारण आफ्नो पूवःनिश्चित ब्रुनाइ भ्रमण रद्ध गर्नुभएको छ ।
गतःशुक्रबार राति अबेर फिलिपिन्सको दाभाओ महानगरमा भएको एक शक्तिशाली विस्फोटमा परी तत्काल १४ जना नागरिकको मृत्यु हुनाको साथै अन्य ७० जना जति घाइते भएका राष्ट्रपति कार्यालयका सचिव मार्टिन आन्डानरले आज बिहान जानकारी दिनुभएको छ ।
देशको सुरक्षा व्यवस्थालाई गम्भीर प्राथमिकता दिनुपरेकाले राष्ट्रपति रोड्रिगोको ब्रुनाइ भ्रमण हाललाई स्थगित गरिएको तर आगामी हप्ता लाओसको भियन्टाइनमा आयोजना हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान)को शिखर सम्मेलन र सम्मेलन पछिका विषयगत बैठकमा भने राष्ट्रपति रोड्रिगो सहभागी हुने जानकारीसमेत सचिव मार्टिनले दिनुभयो ।
त्यस्तै, पूवःनिश्चित भ्रमण तालिका अनुसारको इन्डोनेसिया भ्रमणको पनि टुङ्गो नभएको जनाइएको छ । आसियान शिखर सम्मेलनको लगत्तै इन्डोनेसिया भ्रमणमा राष्ट्रपति प्रस्थान गर्नुहुने समय तालिका बनेको थियो । रासस÷सिन्ह्वा
No comments:
Post a Comment