Friday, September 16, 2016

जङ्गली हात्तीको आक्रमणमा दुईको मृत्यु

बर्दिया, ३१ भदौ । बिहीबार राति सूर्यपटुवा–४ डल्लामा जङ्गली हात्तीको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।

सूर्यपटुवा–४ डल्ला गाउँमा दिउँसो ढोढरी–१ पठरवोजी बस्ने युवराज थारू स्कुलबाट पढेर घर फर्कने क्रममा जङ्गली हात्तीले आक्रमणमा परेका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

त्यस्तै, बिहीबार राति नै सात बजे खेती कुर्न बनाइएको मचानमा जाग्राम बसेका सूर्यपटुवा–४ डल्लाका ७२ वर्षीय पुरुवा थारू पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका र उनको कोहलपुर मेडिकल कलेजमा उपचार गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ ।

उनीहरुको शवपरीक्षणका लागि बर्दिया ल्याइँदै गरेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts