Friday, September 16, 2016

डा केसीद्वारा तीन सयभन्दा बढीको उपचार

रोल्पा, ३१ भदौ । चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गर्नुभएका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाउनुभएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ ।

त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुग्नभएको थियो । शिविर सम्पन्नपछि उहाँ आज बिहानै बसबाट काठमाडौँ फर्किनु भएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताउनुभयो ।

अन्य समयमा दैनिक ३० देखि ४० जना बिरामी आउने प्राथमिक स्वास्थ्य केन्द्रमा शिविरका दिन बिरामीको भिड नै लागेको डा बज्राचार्यले बताउनुभयो । “बिहानैदेखि बिरामी लाइनमा लागेका थिए”, स्वयम्सेवकका रुपमा दिनभर खटिएका रेडक्रस जिल्ला शाखा रोल्पाका कोषाध्यक्ष गन्ज क्षेत्रीले भन्नुभयो, “ठूला डाक्टर आएको भन्ने सुनेर हाडजोर्नी बाहेकका बिरामी पनि आएका थिए । जनरल उपचार सबैको गर्नुभयो ।”

शिविरको पहिलो दिनमै उहाँले करिब सय बिरामीको उपचार गर्नुभएको थियो भने दोस्रो दिन २३० भन्दा बढी बिरामीको उपचार भयो ।

डा केसीकै कारण एक सुत्केरी आमाको ज्यान जोगिएको स्वास्थ्य केन्द्रले जनाएको छ । अत्यधिक रक्तश्रावले सिकिस्त बनेकी ती महिलाको डा केसीले उपचार गरेपछि ज्यान जोगिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts