Wednesday, September 21, 2016

मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमाः सञ्चारमन्त्री

काठमाडौ, ५ असोज । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले मुलुकलाई जोगाउने अभिभारा विद्यार्थीको काँधमा आएको बताउनुभएको छ ।

दोस्रो उपत्यकास्तरीय अन्तर कलेज क्रान्तिकारी फुटसल प्रतियोगिताको आज यहाँ उद्घाटनगर्दै उहाँले भन्नुभयो – गणतन्त्रको संस्थागत विकासका लागि विद्यार्थीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

मन्त्री कार्कीले देशमा प्रजातन्त्र र गणतन्त्र आइसकेको भनेर ढुक्क नरहन विद्यार्थीलाई आग्रह गदँै उनीहरुलाई मुलुकको विकास र समृद्धिमा लाग्न अह्वान गर्नुभयो ।

विद्यार्थी क्रान्तिकारी भन्दा पनि विद्रोह स्वभावको हुनुपर्नेमा जोडदिदैं उहाँले विद्यार्थी जहिले पनि आफ्नो अधिकारका लागि सत्ता र शक्तिका विरुद्ध लड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला कमिटी काठमाडाँैको आयोजनामा भएको प्रतियोगितामा उपत्यकाका ३४ क्याम्पसको सहभागिता रहेको क्रान्तिकारीका सचिवालय सदस्य डिबी साउदले जानकारी गराउनुभयो ।
प्रतियोगिता शुक्रबारसम्म सञ्चालन हुने छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts