काठमाडौ २१ भदौ । यस वर्षको ‘सर्वोत्कृष्ट निजामति सेवा पुरस्कार’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव शान्तराज सुवेदीलाई दिइने भएको छ । सुवेदी हाल अर्थ सचिवमा सरुवा भएका हुन् ।
मुख्य सचिव डा.सोमलाल सुवेदीको सयोजत्वका गठित पाँच सदस्यीय पुरस्कार छनौट समितिले सचिव सुवेदीलाई सर्वोत्कृष्ट पुरस्कार दिइने निर्णय गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । पुरस्कारको राशि रु दुई लाख रहेको छ ।
यसैगरी यसवर्षको उत्कृष्ट निजामति सेवा पुरस्कार १० जनालाई दिइने भएको छ ।
समितिले सिफारिस गरेअनुसार पुरस्कार पाउनेमा किरण पौडेल सहन्यायधिवक्ता महान्याधिवक्ताको कार्यालय, देवेन्द्र कार्की सहसचिव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खगेन्द्रप्रसाद सुवेदी मुख्य मनोविज्ञान वेत्ता सहसचिव लोक सेवा आयोग गजेन्द्रबहादुर श्रेष्ठ उपमहालेखा नियन्त्रक महालेखा नियन्त्रकको कार्यालय, प्रदीपराज कँडेल उपसचिव गृहमन्त्रालय रहुनभएको छ ।
यसैगरी हुमबहादुर केसी उपसचिव कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, माधवप्रसाद लामिछाने निर्देशक महालेखा परीक्षकको कार्यालय, हरिबाबु पोखरेल उपसचिव अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गोकुल बस्नेत उपसचिव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र कृष्णवहादुर बोगटी इन्जिनियर खानेपानी तथा सरसफाइ कार्यालय बझाङ हुनुहुन्छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
यसैगरी निजामति सेवा पुरस्कार ३० जना निजामति कर्मचारीलाई दिइने मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी गराउनुभयो । उक्त पुरस्कारको राशि रु ५० हजार रहेको छ ।
तीनवटै पुरस्कार बुधबार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले वितरण गर्ने मन्त्रालयका उपसचिव सुप्रभा खनालले जानकारी गराउनुभयो ।
यसैगरी ‘सेवानिवृत राष्ट्र सेवक कर्मचारी सम्मान’को बुधबार दिवसको अवसरमा नाम घोषणा गरिनेछ ।
उपसचिव खनालका अनुसार अवकास प्राप्त ५० जनालाई दिइने उक्त सम्मान पछि मन्त्रालयमा आयोजित कार्यक्रममा वितरण गरिनेछ ।
भोलि बुधबार १३ औ निजामति सेवा दिवस मनाइदै छ ।
सिहदरबार परिसरमा सरसफाइ
१३ आँै निजामति सेवा दिवसको अवसरमा आज सिहदरबारपरिसरमा सरसफाइ गरिएको छ ।
मन्त्रालय मातहतका कर्मचारीले सिहदरबार परिसरका सरसफाइ गरेको सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी चेम्जोङले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्मचारीहरूको विभिन्न चार समूह बनाएर सिहदरबार परिसरमा सरसफाइ कार्यक्रम गरिएको हो । बुधबार सरकारले निजामति सेवा दिवस मनाउँदै छ । अहिले करिब ८३ हजार निजामति कर्मचारी रहेका छन् । रासस
No related posts.
No comments:
Post a Comment