Saturday, September 24, 2016

मोटरसाइकलले ठक्कर दिँदा मृत्यु

कञ्चनपुर, ८ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्तनगरपालिका–५ त्रिपुरा नजिक गएराति युए ०३ एस ३१४१ भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकल सवारको मृत्यु भएको छ ।

भीमदत्तनगरपालिका–१० सुकासालका साइकलमा सवार अन्दाजी ३८ वर्षीय लालु पहरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताउनुभयो ।

मोटरसाइकल र साइकलबीच ठक्कर लाग्दा मोटरसाइकल सवार भारतको टनकपुरका ३० वर्षीय भगवान दास र साइकल सवार पहरी घाइते भएका थिए ।

घाइते दुवै जनालाई तत्कालै प्रहरीले उपचारका लागि महाकाली अञ्चल अस्पतालमा पु¥याउँदा उपचारकै क्रममा पहरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

भारतीय नागरिक दासको अझै महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts