Saturday, September 24, 2016

सामुदायिक समितिको अध्यक्षमा ठकुरी

लिबाङ (रोल्पा), असोज ८ । सामुदायिक सेवा समिति रोल्पाको नवौँ महाधिवेशनले शुक्रबार निमबहादुर सिंह ठकुरीको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा नरबहादुर डाँगी, सचिवमा धनराज डाँगी, सहसचिवमा गीता डाँगी, कोषाध्यक्षमा ओबीलाल केसी र सदस्यमा हरिबहादुर घर्ती, विष्णु घर्ती, हिमा घर्ती, यामबहादुर गुरुङ, लोकबहादुर केसी, खर्कबहादुर घर्ती र कृष्णकुमार नेपाली छानिनु भएको छ ।

महाधिवेशनको उद्घाटन प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी सुशील वैद्य, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगर, जिल्लाका राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सामुदायिक सेवा समितिका सदस्यको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts