Thursday, September 8, 2016

इन्टरनेट प्रविधिमा नेपाली रचनालाई समेत समावेश गर्नुपर्छः सञ्चारमन्त्री

काठमाडौँ, २३ भदौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पछिल्लोपटक विकास भएका इन्टरनेट प्रविधिमा नेपाली भाषा तथा नेपाली रचनालाई समेत समावेश गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चार प्रविधिसम्बन्धी (सुविसु क्यान कम टेक)को आज उद्घाटन गर्दै मन्त्री कार्कीले नेपाली भाषा तथा साहित्यको अन्तर्राष्ट्रिय तहमा लोकप्रियता बढ्दै गएकाले अब नेपाली साहित्यलाई पनि त्यस्ता प्रविधिमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सञ्चारका क्षेत्रमा भएका विकास र प्रगतिले सबै क्षेत्रलाई सहज बनाएको बताउँदै सामाजिक सञ्जालका माध्यमलाई गलत ढङ्गले प्रयोग गर्दा अपराधसमेत बढेकामा चिन्ता व्यक्त गर्नुभयो ।

कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष विनोद ढकालले ग्रामीण भेगसम्म सूचना तथा सञ्चारको पहुँचलाई विस्तार गर्न सकेमा देशको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

यही भदौ २६ गतेसम्म स्थानीय भृकुटीमण्डपमा सञ्चालन हुने सो प्रदर्शनीमा सूचना तथा प्रविधिमा भएका नयाँ उत्पादन तथा टेलिभिजन, कम्प्युटर, विद्युतीय सामग्रीलगायत ८० वटा कक्ष राखिएको छ ।

दर्शकले विभिन्न उत्पादनको जानकारी लिनुका साथै आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts