Sunday, September 25, 2016

भारतद्वारा जलवायु सम्झौता कार्यान्वयनका लागि प्रतिबद्धता

भारत, ९ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशले आगामी अक्टोबरको पहिलो हप्तामा पेरिस जलवायु सम्झौतलाई अनुमोदन गर्ने आइतबार बताउनुभएको छ ।

भारत सरकारले अक्टोबर २ अर्थात्् भारतीय स्वतन्त्रता सङ्ग्रामका नेतृत्वकर्ता अहिंसावादी नेता मोहनदास करमचन्द गान्धीको जन्मदिनमा उक्त सम्झौतालाई अनुमोदन गर्नेछ, प्रधानमन्त्री मोदीले भारतीय जनता पार्टीको बैठकमा घोषणा गर्नुभयो ।

भारत विश्वको ग्रीनहाउस ग्यासको उत्सर्जनको ४.५ प्रतिशत हिस्साका लागि जिम्मेवार मानिन्छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले यसै महिना ग्रीनहाउस ग्यास उत्सर्जनमा ४८ प्रतिशत भूमिका खेल्ने ६० राष्ट्रले जलवायु सम्झौतालाई अनुमोदन गरिसकेका बताउनुभएको थियो । रासस÷एपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts