Sunday, September 25, 2016

ओबामाद्वारा अफ्रिकी अमेरिकी सङ्ग्रहालयको उद्घाटन

अमेरिका, ९ असोज । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शनिबार अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृति बोकेको सङ्ग्रहालयको वासिङटनमा शनिबार उद्घाटन गर्नुभएको छ ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ओबामाले उद्घाटन गर्नुभएको सो सङ्ग्रहालयले अफ्रिकी मूलका अमेरिकीको इतिहास र संस्कृतिलाई झल्काउने बताइएको छ ।
उक्त सङ्ग्रहालय भवन वासिङगन नेसनल मलको परिसरमा झन्डै ३७ सय वर्गमिटर क्षेत्रफलमा बनेको छ ।

यद्यपी सङ्ग्रहालयको उदघाटन कार्यक्रममा राष्ट्रपति ओबामाले यो सङ्ग्रहालय सिङ्गो अमेरिकाको इतिहासबाट छुट्याएर अफ्रिकी अमेरिकीको मात्रै ईतिहास झल्कने बनाउन नखोजिएको प्रष्ट पार्नुभएको छ ।

“यो अमेरिकाको कुनै भाग मात्रै होइन । यो अमेरिकाको इतिहास मै केन्द्रीत छ,”– ओबाामाले भन्नुभयो ।

“यो देशलाई अहिलेको अवस्थासम्म ल्याइपु¥याउन हामीले हुर्किँदै सिक्दै धेरै मेहनेत लगानी गरेको छौं, यो नै अमेरिकीको इतिहास हो, यो सबै यस सङ्ग्रहालयले भन्छ,” – ओबामाले भन्नुभएको थियो ।

ओबामाले उद्घाटनकै क्रममा यो विश्व समूदायकै लागि खुल्ला भएको घोषणा गर्नुभएको छ ।
उहाँको राष्ट्रपति कार्यकालको अन्तिम चरणमा पुग्नुभएको अवस्था रहेको छ । उहाँले श्वेत प्रहरीले अश्वेत नागरिकलाई गोली हानेको प्रसङ्ग पनि सम्वोधनका क्रममा जोड्नुभयो ।

सङ्ग्रहालयले मात्रै अहिलेसम्म कायम विभेद हटाउन नसक्नेमा जोड दिँदै ओबामाले अझैपनि यस बारेमा बहस गरिरहनु आवश्यक रहेको बताउनुभयो ।

उदघाटन समारोहमा ओबामा र पूर्वराष्ट्रपति जर्ज डब्लु बुस पनि सहभागी हुनुहुन्थ्यो । बुसले सन् २००३ मा उक्त सङ्ग्रहालय निर्माणसम्बन्धी कानुनमा हस्ताक्षर गर्नुभएको थियो ।

अफ्रिकाबाट दास किन्न प्रयोग गरिएका व्यापारिक वस्तु, सन् १९२० ताका श्वेत र अश्वेतका लागि छुट्टाछुट्टै बस्ने स्थान भएको रेलका डिब्बालगायतका सामग्रीहरु सङ्ग्रहालयमा राखिएका छन् ।
सङ्ग्रहालयमा करिब ३६ हजार सामग्रीहरु रहेको अधिकारीले बताएका छन् । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts