Tuesday, September 6, 2016

करेन्ट लागेर एकको मृत्यु

लहान, २१ भदौ । करेन्ट लागेर आज साँझ सिरहाको धनगढीमाई नगरपालिकामा एकजनाको मृत्यु भएको छ ।

खेतमा पानी पठाउने क्रममा करेन्ट लागेर धनगढीमाई नगरपालिका–११ निवासी ३५ वर्षीय पवन यादवको मृत्यु भएको हो ।

खेतमा मोटरबाट पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई स्थानीय श्रमजिवी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts