Tuesday, September 6, 2016

राष्ट्रको स्वार्थ र आश्यकतालाई केन्द्रविन्दुमा राखेर विदेश नीति बनाउनुपर्छ : पराष्ट्रमन्त्री महत

ललितपुर, २१ भदौ । पराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पराष्ट्र नीति बनाउनु पर्ने बताउनुभएको छ ।

नेपाल विश्व सम्बन्ध परिषदद्वारा आज यहाँ आयोजित नेपालका परराष्ट्र नीतिका कडी विषयक अन्तक्रियामा बोल्दै उहाँले समृद्ध नेपाल बनाउने लक्ष्यअनुरुप अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । ‘‘विदेश नीति बनाउन जति महत्वपूर्ण छ, त्यति नै क्रियाशील हुनु जरुरी छ’’–उहाँले भन्नुभयो ।

छिमेकी देशसँगको सम्बन्ध छरछिमेकको जस्तो बनाउनु आवशयक रहेको उहाँको भनाइ रहेको छ । विश्वासको सम्बन्ध कायम रहने गरी विदेश नीतिको आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।

कुटनीतिकमार्फत विदेश नीतिलाई मजवुत र सम्बन्धलाई अझ विकसित गर्न सकिने उहाँले बताउनुभयो । भारतसँग पहिलेदेखि नै अन्तरसम्बन्ध रहँदै आएकाले यसलाई थप मजवुत बनाउनुपर्नेमा उहाँको जोड रहेको थियो ।

यसैगरी चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमै राम्रो हुँदै आएकाले उक्त सम्बन्धलाई विकसित गरिंदै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

छिट्टै नै प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल हुने उहाँको धारणा थियो । प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतको राष्ट्रपतिले पनि नेपालको भ्रमण गर्ने उहाँको भनाइ थियो ।
संस्थाका अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले मजवुत विदेश नीतिले मात्र देशको विकास सम्भव रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts