Sunday, September 18, 2016

संविधान जारी भएको एकबर्ष पुरा, विशेष कार्यक्रम गरेर दिवस मनाइँदै

काठमाडौ, ३ असोज । संविधानसभाबाट संविधान जारी भएको आज एक वर्ष पूरा भएको छ ।
संविधान दिवसका अवसरमा आज सरकाले विशेष कार्यक्रम गरिरहेको छ ।  नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । सरकारले संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मन्त्री, नेपाल सरकारका उच्च अधिकारी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उद्योगी, व्यवसायी, नागरिक समाजका प्रतिनिधिको सहभागिता छ ।  कार्यक्रम अहिले केहीबेरमा सुरु हुँदैछ । दिवस मनाउन सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा विशेष समिति गठन गरेको छ । दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालको लिखित संविधानमध्ये यो सातौँ संविधान हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान दिवस छुट्टै मनाउने भएको छ । मधेस केन्द्रित दलहरुले भने आजको दिनलाई कालो दिनका रुपमा मनाउने बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts