Sunday, September 18, 2016

संविधान दिवसको अवसरमा राष्ट्रपतिको शुभकामना

काठमाडौ, ३ असोज । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शुभकामना दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वान गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले देशवासीको नाममा सन्देश दिँदै उहाँले आजको दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्ने भन्दै यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्ने सन्देशमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि संविधान दिवसका अवसरमा बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई पत्र पठाएर ओबामाले विनाशकारी भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसकेको र त्यस विपत्मा आफ्ना प्रियजन गुमाएका परिवारको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेको उल्लेख गर्नुभएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts