Thursday, September 1, 2016

संविधान संशोधनमा नेकपा एमाले आउँछ : मन्त्री लेखक

धनगढी, १६ भदौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधानलाई आवश्यक संशोधन गरेर सर्वस्वीकार्य बनाउने काममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले साथ दिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेतासमेत रहेका मन्त्री लेखकले संविधानका विषयमा असन्तुष्टि व्यक्त गरिरहेको मधेसी मोर्चासँग भएको सहमति कार्यान्वयन हुने दाबी गर्नुभयो ।

संविधानलाई सर्वस्वीकार्य बनाउन आफूहरुले मधेसी मोर्चासँग तीनबुँदे सहमति गर्नुपरेको स्पष्ट पार्दै नेता लेखकले सहमति बमोजिमको काम पनि अघि बढाइएको बताउनुभयो ।

पत्रकारहरुको प्रश्नमा मन्त्री लेखकले बढ्दै गएका सडक दुर्घटना रोकथाम गर्न भएका कानुनको कडाइका साथ कार्यान्वयन गर्ने, कमीकमजोरी देखिएको भए सुधार गर्नेतर्फ मन्त्रालय अघि बढेको बताउँदै मौजुदा सवारी तथा यातायात व्यवस्था ऐनलाई संशोधनका लागि मस्यौदा तयार गर्ने काम भइरहेको जानकारी दिनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts