Friday, September 9, 2016

अस्ट्रेलियाली दूतावासद्वारा रु चार करोडभन्दा बढी सहयोग

काठमाडौँ, २४ भदौ । यहाँस्थित अस्ट्रेलियाली दूतावासले २० परियोजना एवम् कार्यक्रमका लागि करिब रु चार करोड ६८ लाख सहयोग गरेको छ ।

अस्ट्रेलियाली राजदूत ग्लेन डारेन ह्वाइटले आज यहाँ आयोजित कार्यक्रममा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । मानवीय सेवामा आधारित सङ्घसंस्थालाई सहयोग गर्ने लक्ष्यका साथ दूतावासले प्रत्यक्ष सहयोग कार्यक्रम, २०१६–१७ मार्फत सहयोग रकम उपलब्ध गराइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दूतावासले साना तथा मझौला सहयोग कार्यक्रम मार्फत सो सहयोग उपलब्ध गराएको हो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts