Tuesday, September 6, 2016

‘ग्रीलग्रामको व्यवस्था गरिने’: उद्योगमन्त्री जोशी

काठमाडौँ, २१ भदौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले अत्यावश्यक सेवा प्रदान गर्ने व्यवसायमा नयाँ प्रविधि भित्र्याउन सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने बताउनुभएको छ ।

ग्रील तथा स्टील व्यवसायको सम्भावना, चुनौती, आवश्यकता र योगदानका बारेमा उद्योग मन्त्रालयमा आज भएको छलफलमा उहाँले भन्नुभयो, विकासका लागि धेरै सम्भावना बोकेको र रोजगारी दिने ग्रील व्यवसायलाई व्यवस्थित गर्न एव्म व्यवसायीका जायज मागलाई प्राथमिकताका साथ सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको छ ।

मन्त्री जोशीले सबै ग्रील व्यवसायलाई व्यवस्थित किसिमले सञ्चालन गर्नका लागि सम्भव भएका स्थानमा ग्रीलग्रामको व्यवस्था गरिने बताउँदै त्यसका लागि मन्त्रालय र महासङ्घले तुरुन्तै अध्ययन गरेर कार्य प्रारम्भ गर्ने बिचार व्यक्त गर्नुभयो ।

उद्योग सचिव शङ्करप्रसाद कोइरालाले प्रचलित नियम कानुन र ऐनमा रही सोे व्यवसायलाई सहज किसिमले कानुनी दायरामा ल्याउन मन्त्रालयले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

ग्रील तथा स्टील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले ग्रील तथा स्टील व्यवसायको राम्रो सम्भावना भएकाले व्यवसायलाई आधुनिकीकरण गरी वातावरणमैत्री बनाउने काममा सरकारको सहयोगको अपेक्षा गर्नुभयो । यस क्षेत्रले करिब एक लाख ५० हजारलाई रोजगारी उपलब्ध गराएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts