Monday, September 26, 2016

राणा पुना कस्मेटिकका ब्रान्ड एम्बास्डर

काठमाडौँ, ११ असोज । पुना कस्मेटिक एन्ड ब्युटी केयर प्रालिद्वारा पूर्व मिस नेपाल रुवि राणालाई कम्पनीको व्यावसायिक प्रवद्र्धनका लागि ‘ब्रान्ड एम्बास्डर’ घोषणा गरिएको छ ।

उक्त कम्पनीले न्युजिल्यान्डमा बनेको ‘पुना स्किन केयर ब्रान्ड’ नाम दिइएको क्रिम नेपाली बजारमा ल्याएको छ । विभिन्न प्राकृतिक बिरुवा तथा जडीबुटी लगायतको मिश्रणबाट बनेको नयाँ क्रिमले छालालाई शुद्ध, स्वस्थ्य र सुरक्षित बनाउने र त्यसमा कुनै पनि हानिकारक रसायनको प्रयोग नगरिएको जनाइएको छ ।

प्रालिका प्रबन्ध निर्देशक समदीप गुरुङले सो वस्तु राम्रो र गुणस्तरीय भएकाले नेपाली बजारमा लोकप्रियता कायम गर्ने बताउनुभयो । मेगा बैंकका नायब महाप्रबन्धक रवीना देशराज श्रेष्ठले प्रतिस्पर्धात्मक बजारमा नयाँ क्रिम स्थापित हुन गुणस्तर राम्रो हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ब्रान्ड एम्बास्डर भएपछि पूर्वमिस नेपाल राणाले महिला तथा पुरुषले विशेष गरी आफ्नो शरीरको सौन्दर्य ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts