Thursday, September 15, 2016

संस्कृत र नेपालीमा सर्वोत्कृष्ट पुरस्कृत

राजविराज, ३१ भदौ । यहाँ आयोजित कार्यक्रममा संस्कृत तथा नेपाली विषयमा सर्वोत्कृष्ट अङ्क ल्याउने दुईजना छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।

सप्तरीको सखडास्थित छिन्नमस्ता भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) २०७१÷२०७२ मा संस्कृत र नेपाली विषयमा सो विद्यालयमा सबैभन्दा बढी अङ्क ल्याउने संस्कृत विद्यालयका छात्र–छात्राहरु पुरस्कृत भएका हुन् ।

जिल्लामा एक मात्र संस्कृत विद्यालय रहेको सो विद्यालयमा संस्कृत विषयमा सर्वोत्कृष्ट अङ्क ल्याएका गत वर्ष र यस वर्षका गरी दुईजना छात्र २०७१ मा राकेशकुमार शाह र २०७२ मा अर्जुनकुमार खङ्गलाई पण्डित नित्यानन्द स्मृति पुरस्कार प्रदान गरियो ।

नेपाली विषयमा सर्वाधिक अङ्क ल्याएका दुई छात्र छात्रा २०७१ मा छात्र सञ्जय सदा
र छात्रा आरती कुमारी मण्डल तथा २०७२ मा छात्र राजीवकुमार यादव र छात्रा कन्चनकुमारी पण्डितलाई छठू सगुनियाँ स्मृति पुरस्कारबाट पुरस्कृत गरिएको प्रेस सेनानी एवम् वरिष्ठ पत्रकार वैद्यनाथ झाले जानकारी दिनुभयो ।

पत्रकार झाले आफ्नो बुबाको नाममा स्थापना गर्नुभएको नित्यानन्द स्मृति पुरस्कारको राशि जनही रु एक हजार एक रुपैयाँका दरले संस्कृत विषयमा अत्यधिक अङ्क लाउने दुईजना छात्रलाई प्रदान गर्नुभएको छ ।

त्यस्तै, पत्रकार ध्रुबकुमार मण्डलले आफ्ना हजुरआमा र हजुरबुबाको नाममा स्थापना गरेको छठू सगुनियाँ स्मृति पुरस्कारको राशि जनही रु ५०५ रुपैयाँका दरले नेपाली विषयमा सर्वाधिक अङ्क ल्याउने दुई÷दुईजना छात्र र छात्रालाई प्रदान गरिएको छ । विद्यालयका निमित्त प्रधानाध्यापक रामेश्वर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts