Thursday, September 15, 2016

प्रधानमन्त्री दाहालद्वारा गान्धी समाधिमा पुष्पहार अर्पण

नयाँदिल्ली, ३१ भदौ । भारतको चारदिने राजकीय औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर पुष्पहार अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज गान्धीको समाधिमा फूलगुच्छा अर्पण गर्नुका साथै त्यहाँ राखिएको शोक पुस्तिकामा हस्ताक्षरसमेत गर्नुभएको छ । भारतीय राष्ट्रपति भवनमा आयोजना गरिएको विशेष समारोहपछि प्रधानमन्त्री दाहाल राजघाट जानुभएको हो ।

भारतको औपचारिक भ्रमणमा जाने विदेशी राष्ट्रप्रमुख एवम् सरकार प्रमुखबाट गान्धीको समाधिस्थलमा पुष्पहार चढाउने चलन रहँदै आएको छ । भारतको स्वतन्त्रता आन्दोलनका नेतृत्वकर्ता गान्धीको सम्मानमा समाधिस्थल बनाइएको हो ।

आजै, प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने कार्यतालिका छ । हरि लामिछाने/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts