Friday, September 9, 2016

पशु बिमा गर्नेको वृद्धि

सल्यान, २४ भदौ । पशु बिमा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।
सरकारले पशु तथा कृषि बिमामा ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि पशु बिमा गर्नेको सङ्ख्यामा वृद्धि भएको हो । पशु बिमा कार्यक्रम लागु भएपछि जिल्लामा हालसम्म चार सय चार किसानले एक हजार चार सय चार पशुको बिमा गरेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म छ सय ७८ बाख्रा, १७ गाई, दुई भैंसी र सात सय कुखुराको बिमा गरिएको छ ।
पशु बिमा सम्बन्धमा किसानमा चेतना तथा प्रचारको अभाव र भौगौलिक विकटता कारण सोचेभन्दा कमैले बिमा गराए पनि क्रमिक रुपमा बिमा गराउनेको सङ्ख्या बढ्दै गइरहेको बताइएको छ ।
जिल्लामा एनएली बिमा कम्पनीले पशु बिमा गर्दै आइरहेको छ । विसं २०७२ देखि जिल्लामा कृषि तथा पशु बिमा कार्यक्रम लागु भएको र एक वर्षका अवधिमा एक हजार चार सयले पशु बिमा गर्नु सन्तोषजनक रहेको एनएलजी इन्स्योरेन्स सल्यानका शाखा प्रबन्धक विवेक चन्दले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts