Friday, September 9, 2016

दश विद्यालयमा ‘भर्चुअल सिकाइ कक्षा’ सञ्चालन

त्रिशूली(नुवाकोट), २४ भदौ । विद्यार्थीका लागि अप्ठ्यारो विषय भनेर चिनिने अङ्ग्रेजी, गणित र विज्ञान विषयको सिकाइलाई प्रभावकारी बनाउन यहाँका १० विद्यालयमा भर्चुअल कक्षा सञ्चालन हुने भएको छ ।
जिल्लामा शैक्षिक जनशक्ति विकास केन्द्रले सो कक्षा सञ्चालन गर्ने भएको हो । जिल्लामा १० विद्यालयमा यसै आवदेखि कक्षा स्थापना गरी कक्षा सञ्चालनको तयारी भइरहेको जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी सुकदेव नेपालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts