पर्सा, ८ असोज । कौवा वनकटैया गाविसमा आज करेन्ट लागेर वनकटैया गाविस– १ का २६ वर्षीय अलिहसन अन्सारीको मृत्यु भएको छ ।
आफ्नै घरको धारामा जडान गरिएकोे विद्युतीय मोटरको तार मिलाउने क्रममा करेन्ट लागी गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment