Saturday, September 24, 2016

राजनीतिक समझदारीबाट प्रदेशको समस्या टुङ्ग्याउनुपर्छ : सिंह

काठमाडौँ, ८ असोज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक समझदारीबाट प्रदेशका समस्या टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

काँग्रेस टोखा नगर समितिले आज यहाँ आयोजना गरेको ‘विजयादशमीको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम’मा नेता सिंहले संविधान संशोधन पहिले प्रदेशका विषयमा उठेका समस्या टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

दलहरु अझै पनि संविधान कार्यान्वयनका विषयमा अल्झिएर बस्दा जनतामा निराशा छाएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले दलगत स्वार्थले मुलुकलाई अनिर्णयको बन्दी बनाउन हुँदैन भन्नुभयो ।

सांसद भीमसेनदास प्रधानले तराई–मधेसमा देखिएका मागलाई राजनीतिक सहमति मार्फत पूरा गर्नुपर्ने बताउनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले स्थानीय निर्वाचनमा जुट्न कार्यकर्तासँग आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts