भरतपूर, १२ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमा सबै पक्षको सहमति हुने बताउनु भएको छ ।
बुधबार प्रेस सेन्टर नेपाल चितवन शाखाले भरतपूरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी गम्भीर गृहकार्यमा छौं । राष्ट्रिय संकटको समाधान गर्नु हामी सबैको कतव्र्य हो । संविधान संशोधनमार्फत् राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न सबै पक्षको सहमति हुन्छ ।’
प्रधानमन्त्रीले मन्त्रीपरिषद्ले स्थानीय तह पूनर्संरचनाबारे स्थानीय तह पूनर्संरचना आयोगलाई थप कार्यदेश दिएको जानकारी दिँदै यसले विश्वासको वातावरण वृद्धि गर्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘हामी मधेशवादी दल र प्रतिपक्षी दल नेकपा एमालेसँग पनि सम्वादको क्रममा छौं । स्थानीय तहबारे सहमति जुटेको छ, यसले संविधान संशोधन र निर्वाचनमा पनि सहमति जुट्ने वातावरण बनेको छ ।’
प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्याकालमा चितवनको विकास निर्माणले प्राथमिकता पाउने बताउँदै त्यसका लागि सरकारले ध्यान दिने बताउनु भयो ।
Tuesday, September 27, 2016
संविधान संशोधनमा सबैको सहमति हुन्छ: प्रधानमन्त्री
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment