Thursday, September 15, 2016

निष्ठाको राजनीति अगाडि बढाउनुपर्छ: नेता श्रेष्ठ

काठमाडौँ, ३० भदौ । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले निष्ठाको राजनीतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

तत्कालीन एकीकृत नेकपा (माओवादी)का महासचिव पोष्टबहादुर बोगटीको दोस्रो स्मृति दिवसको अवसरमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिएको एक कार्यक्रममा उहाँले जनताको पक्षमा राजनीति गर्ने हो भने निष्ठाको राजनीतिको विकल्प हुँदैन भन्नुभयो ।

माओवादीले बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिँदै नेता श्रेष्ठले माओवादीले निष्ठाको राजनीतिलाई अवलम्बन गर्नसके मात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो ।

स्मृतिसभामा बोल्दै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रतिष्ठानलाई व्यवस्थित बनाउन पहल भइरहेको बताउनुभयो ।

उहाँले बोगटी कम्युनिस्ट आन्दोलनका एक इमान्दार सिपाही भएकाले उहाँको सम्मानमा पार्टी र सरकारको तर्फबाट महत्वपूर्ण सहयोग हुने विश्वास दिलाउनुभयो ।

तत्कालीन एमाओवादीका महासचिव पोस्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको थियो । माओवादीभित्र इमान्दार नेताको छवि बनाउनुभएका बोगटी सामान्य किसान परिवारबाट कम्युनिस्ट पार्टीको उच्च तहमा पुग्ने थोरै नेतामध्ये एक हुनुहुन्थ्यो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts