Monday, September 5, 2016

‘एसियन को–अपरेटिभ समिट’मा भाग लिन प्रमलाई निमन्त्रणा

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई आगामी असोज २२ गतेदेखि सुरु हुने एसिएन कोअपरेटिभ समिटमा भाग लिन थाइल्यान्ड सरकारले निमन्त्रणा गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा थाइल्यान्डका राजदूत भुट्टी भुट्टीसान्टले भेटवार्ता गरी एसियाली मुलुकका सरकार प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैंककमा हुने दोस्रो सम्मेलनमा सहभागिताका लागि थाई सरकारका तर्फबाट राजदूत भुट्टीसान्टले निमन्त्रणापत्र हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध र आपसी हितका बारेमा समेत छलफल भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts