Monday, September 5, 2016

पुनःसंरचनाका लागि सबै दल एकजुट हुनुपर्ने: राज्यमन्त्री जवेगु

इलाम, २० भदौ । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले सबै राजनीतिक दल एकजुट नभए राज्य पुनःसंरचनाको काम अघि बढ्न नसक्ने बताउनुभएको छ ।

प्रेस सेन्टर इलामले आज आयोजना गरेको पत्रकार भेटघाटका क्रममा राज्यमन्त्री जवेगुले राज्य पुनःसंरचना अहिलेको आवश्यकता भएकाले सकेसम्म छिटो सबैले आ–आफ्ना तर्फबाट राज्य पुनःसंरचना आयोगलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

राज्यमन्त्री जवेगुले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन तयार गरेपछि राजनीतिक दलको सहमतिका आधारमा स्थानीय तह पुनःसंचनाको विवाद समाधान हुने बताउनुभयो । उहाँले स्थानीय निकायको निर्वाचनको तयारी सरकारले गरिरहेको जानकारी दिनुभयो ।

पत्रकार भेटघाटपछि जिविस र इलाम नगरपालिकाको संयुक्त आयोजनामा भएको कर्मचारी भेटघाटमा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङले इलाम नगरपालिकाको खानेपानी समस्या, शीतभण्डार सञ्चालन र सुकिलुम्बा विमानस्थल चाँडोभन्दा चाडो निर्माणका लागि पहल गरिदिन राज्यमन्त्री जवेगुसँग आग्रह गर्नुभयो ।

स्थानीय विकास अधिकारी मदन कोइरालाले जिल्लाको समस्या, चुनौती, जिविसले गरेको प्रगतिको विषयमा जानकारी दिँदै सडक क्षेत्राधिकार मापदण्ड विवाद अन्त्यका लागि पहल गरिदिन आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts