काठमाडौं, २५ भदौ । गणित विषयमा विशेषज्ञता हासिल गरेका गणितिज्ञहरुको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गणित शिक्षालाई सरकारी प्राथमिकतामा राख्न आग्रह गरेको छ ।
शनिबार बिहान प्रा.डा. राममान श्रेष्ठको नेतृत्वमा आएको विज्ञहरुको टोलीले देशभरीका गणितिज्ञहरुलाई अभिनन्दन गर्ने कार्यक्रममा आतिथ्यता ग्रहण गरी दिन प्रधानमन्त्रीलाई आग्रह गरेको छ । टोलीमा नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजका प्रतिनिधिहरु सहभागी थिए । गणित शिक्षामा ५० वर्ष अनवरत् सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गर्ने संस्थाको योजना रहेको टोलीले जानकारी गराएको थियो ।
भेटमा प्रधानमन्त्रीले विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्ने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘विज्ञानले मात्रै विकासलाई सुनिश्चित गर्न सक्छ । गणित र विज्ञानलाई जनताको आकांक्षा र समृद्धिसँग जोड्नुपर्छ ।’ सो अवसरमा प्रधानमन्त्रीले असोज १३ गते गणितिज्ञहरुलाई सम्मान गर्ने कार्यक्रममा आफू सहभागी हुने जानकारी समेत गराउनु भएको थियो ।
Friday, September 9, 2016
गणितका विज्ञहरुद्वारा प्रधानमन्त्रीसँग भेट
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment