Friday, September 9, 2016

आनाथ असायको सेवा गर्दै आएका लुहार सहयोगीको खोजीमा

dubaiयुएइ- दुबई | ललितपुर  , भैसेपाटी स्थित बाल छाहारी सस्थाका सस्थापक अध्यक्ष अमिर राम लुहार सहयोगी कतै पाहिन्छ कि भन्दै युएइमा भौतारीईरहेका छन् । सुदुरपस्चिम दार्चुलाको एउटा गरिब बस्तीमा  ०६\०४\३२ मा जन्मेका लुहार ४ दाजु-भाइमध्यका साइलो हुन् । ११ बर्षको उमेरमा बाबुको मृतु पश्चात वर्ष दिन नपुग्दै पतिको वियोग र रोगले थलिएकी उनकी आमा स्वोर्गबास भईन । बयेस्क लुहारका २ दाजुहरु बाबु आमाको देहान्त पश्चात आ-आफ्नो बाटो लागे । अमिर र उनका भाइ पूर्ण रुपमा शाहाराबिहिन बने । यस्तो दयनिय अबस्था देखेपछि उनका क्षिमेकिहरुको गुहार र बाल गृहका स्वोयमसेवकको सहयोगमा उनि काठमाडौँ आए। बाल गृहले उनलाई खाने, बस्ने,तथा पढाइ खर्च सम्पूर्ण बेहोर्ने भयो । निम्न माध्यामिक तह गाउमै सकेका लुहार सान्ति शिक्षा सदनमा भर्ना भए माध्यामिक तह त्यही सके र उच्च शिक्षा सरस्वती बहुमुखी क्याम्पस काठमाडौँबाट कक्षा १२ सम्मको पढाइ सके ।
उनको सानै देखिको सपना थियो मेरोजस्तै बिचल्लीमा परेका नेपाली बालबालिकाहरुलाई आफैले  कमाएर बनाएको घरमा जम्मा गरी सक्षम नहुदासम्म शिक्षा, स्वास्थ्य, सहित सम्पूर्ण लगानी गर्ने । यस्तै सपना बुन्दै लुहार सन् १९९८ मा ईमारत पेट्रोल पम्प युएई आए । सोचेजस्तो नभएपछी १ बर्षमै नेपाल फर्केका अमिर राम फर्केलगतै याक एण्ड यती होटेल काठमाडौँमा काम पाए । सो होटलमा काम गर्दा बिदेसीहरु सित चिन-जान बढाउदै आफ्नो लक्ष्क्ष अनुरुपको साथीहरु धेरै बनाउने अवसर उनले पाए । होटलमा काम गरेको १ बर्ष मात्र के पुगेको थियो नेपालकै एउटा एन जी ओं बाट जागिरको प्रस्ताप आएपछी उनि आफ्नो लक्ष्यलाइ एनजीओंले आबस्यक ज्ञान तथा सिप दिन सक्ने  आभास भएपछी होटलको जागिर छोडे ।
लुहारले अनाथ, गरिब, दोन्धपिडित,प्राकृतिक-प्रकोप पिडित बाल बालिकाहरुलाई सहयोग गर्ने एन जी ओं मा काम सुरु गरे । उक्त सस्थामा उनले निकै उदारणीय काम गरेकोले संस्थाबाटै कामको सिलसिलामा बिश्वोका धरै देश घुम्ने मौका पाएका थिए । उक्त सस्थाको कार्यक्रम संयोजक भएकोले नेपालका विभिन्न ठाउमा रहेका ४३ साखाहरुमा कार्यक्रमको योजना लिएर जान्थे । देशका कुना काप्चासम्म पुगेका र विश्वोका धेरै देस घुमेका अमिरले लक्ष्यको नजिक-नजिक पुगेको अनुभब हुदै गर्दा करिब ३ बर्ष जागिर गरेपछि सो संस्थाबाट सो-ईक्षाले जागिर छोडे ।
किन छोडे त उनि जागिर ?  काम राम्रै थियो, देस बिदेस घुम्न पाएकै थिए, पैसा पनि राम्रै कमाएकै थिए ।  तर उनको सपना यस्तो नभएर अनाथ बालबालिकाको उज्जल भबिष्यसंग जोडिएको थियो । सोही अनुरुप काठमाडौँ भैसेपाटीमा एउटा घर भाडामा लिए । उक्त  घरमा १२ जाना अनाथ बालबालिका राखेर    अभियान सुरु गरे । बच्चाहरु २ देखि १२ बर्ष सम्मका थिए ।  बच्चाहरु थपिने क्रम जारि थियो उनि संस्था दर्ता गर्ने प्रक्रिया पनि संगै अघि  बढाएका थिए । संस्थाको दर्ता प्रक्रिया २०६३ असार १२ गते गरे । दर्ता गरेको १ बर्षमै बाल- बालिकाको संख्या ६७  जाना भयो । जसमा २० जाना  माओबादि कार्यकर्ता तथा तत्कालिन छापामारहरुका बच्चाहरु  थिए । माओबादिका उच्च स्तरिय ब्याक्तिहरुले कहिले धम्कि त कहिले आस्वासन दिदै बच्चाहरुलाइ सो संस्थामा जबर्स्ती लादिएको उनले भाबुक हुदै हामीलाई भने ।
बाल बच्चाका अबिभाबकबाट कहिले काँही दाल, चामल सहयोग भने पाएका थिए । तर पार्टीका ति आश्वासन दिने ब्याक्तिहरु कोहि मन्त्री, प्रधानमन्त्री भए, कोहि  ब्यापारी छन् , कोहि हाउजिङ्ग कम्पनीका मालिक छन्  तर कसैले सहयोग गरेनन । तर उनि हिम्मत भने अझै हारेनन्, बैंकमा आफ्नो घर राखे ४ लाख ऋण लिए ।  त्यो ऋण  तिर्न नसकेपछि घर बेच्नु पर्ने भयो । २०६६ सालमा आफ्नो घर बेचे ।  त्यो रकम पनि केहि महिनामै सकियो फेरी ब्याक्तिहरु सित ऋण लिए, त्यो पनि सकीयो उनले भावुक हुदै हामीलाई बताए । बच्चाहरुको स्कुल फिस, घर भाडा, मेडिकल, खानपिन तथा मसलन्द खर्च नतिरेकै धरै भयो । बिलहरु मात्रै आउन थाले उनको  संस्थामा अबस्था झनै जटिल बन्दै थियो । अब उनीसंघ विकल्प एक मात्र थियो । बिदेसी पुराना साथीहरुलाई सम्झने पुराना साथीहरु सित गुनासो गरे ।

युरोप, अमेरिका, लन्डन,  इटालीका साथीहरुले उनलाई आउने जाने सबै खर्च बेहोर्ने गरि बोलाए । उनि ठुलो आसा बोकेर उतै लागे, केहि दिनको भेटघाटमा उनले केहिबिसेक सफलता भने पाए । सो भेटमा लन्डनको एक च्यारिटी, इटालीको एक संस्था र स्पेनका केहि साथीहरुले खाना र स्कुलको खर्च बेहोर्ने  बताएपछि खुशी हुदै नेपाल फर्के । उनका लागि यो ठुलो सहयोग थियो । यो सहयोग निरन्तर आइरहेको समेत उनले हामीलाई बताए । यो सहयोगले संस्थालाइ धेरै आधार भने भएको छ, तर मसलन्द खर्च, बच्चा बिरामी हुदाको खर्च, लत्ता कपडा, घर भाडा आदिको लागि अझै गाह्रो थियो । केहि सिप नलागेपछि उनि जाउलाखेल काठमाडौँमा तरकारी बेचे, यसबाट दैनिक खर्च चलाउन केहि सहयोग भएपनि अपेक्षा गरेजस्तो भएन । ५ बर्ष गरेर सो सडक ब्यापार पनि छोडे। फेरी केहि बर्ष हाउजिङ्  कम्पनीमा काम गरे। त्यहाबाट पनि अपेक्षा गरेजस्तो भएन ।  नेपालमा अझै ऋण बाकि थियो, चिन्ताले छोडेन ।
उनि दुबईका पुराना साथीहरु प्रकास सुनुवार , रबिन्द्र लामा लगाएतलाई गुहारे । साथीहरु सकारात्मक भएको उनले पाए पछि सथिहरुकै सम्पूर्ण खर्चमा भिजिट भिसामा दुबई आए । आउनासाथ प्रकास सुनुवार, रमेश श्रेष्ट, सुदिप कार्की, मनोज गोर्खाली लगाएतको अतुलनिय सहयोग उनले पाएको बताए ।  उनले एन आर एन युएइबाट ने.रु. १४१०००/- र धादिङ्ग समाज युएइबाट ने.रु. १५०००/- सहयोग पाए । सो सहयोगले केहि ऋण र घर भाडा भने घटाउन सफल भए । गोस्टी, सेमिनार दिनहु जस्तो चल्थ्यो, भिजिट भिसा थप्दा धरै खर्च हुन्छ भनि  धेरैले उनलाई कम्पनीको भिषा लगाउन सल्लाह दिए । उनि कम्पनीको भिसा त लगाए जसमा काम पनि छैन दाम पनि छैन । आजसम्म प्रकास सुनुवारले जेन-तेन गरेर खान बस्न सम्म ब्यबस्था गरेको अमिरले हामीलाई बताए ।
१०० जाना भन्दा बढी बिध्यार्थी उनकै संस्था बाट सक्षम भएर निस्किसकेका छन् भने कोहि सि एम ए पढ्दै छन्, कोहि +२ त कोहि स्नातक तह । आज उनको संस्थामा ४५ जना साना-ठुला गरि अनाथ तथा गरिब बाल बालिका छन् । बिस्वोका ४३ देश घुमेका अमिर राम लुहार हाल दुबईमा सहयोगी खोजेका छन् । खान बस्नै गाह्रो भएको छ, नेपाल पठाउन त परैको कुरा तर आसा भने नमरेको उनले बताएका छन् । किनकि देश  र समाजको बारेमा राम्ररी बुझ्ने धेरै मान्छे नभएपनि केहि प्रतिसत त पक्कै पनि हुन्छन्  ति मान्छेसंग भेट नभएर मात्र हो, भेट हुनेमा आसाबादी रहेको उनले बताए ।
१४ महिनादेखिको दुबई बसाईमा धेरै देशका ब्याबसायी, समाजसेवीसंग प्रतक्ष भेटघाटमा सरिक अमीर राम युएइमा सानै लगानी गरेपनी मनग्गे आम्दानी गर्न सकिने उनीसंग धेरै योजना छन् ।तर लगानी छैन । लगानी भए त कमाएरै संस्था चलाउन सकिन्थ्यो उनि बताउछन् । यस्ता  समाजका उदाहरणीय समाज सेविलाई राज्य, राज्यका सम्भंधित निकाय, बुद्धिजिबी व्यक्तित्व कसैले पनि चिन्न नसक्दा देशका दुर- दराजका गरिब तथा अनाथ बाल- बालिका शिक्षा, स्वास्थ्य त परैको कुरा बाँच्न पाउने अधिकारबाट समेत बन्चित भएको भनि पिडित अमिर राम लुहारले हामिलाइ बताए ।
चिरन न्यौपाने

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts