Monday, September 5, 2016

ठाकुरविरुद्ध आरोपपत्र

काठमाडौँ, २० भदौ । अख्तियार अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा अवकाशप्राप्त मेडिकल सुपरिटेन्डेन्ट डा रामशङ्कर ठाकुरविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भनी परेको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा ठाकुरले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको देखिएको आयोगले जनाएको छ । अभियुक्तविरुद्ध बिगो रु एक करोड १८ लाख २७ हजार कायम गरी आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts