Monday, September 5, 2016

ऋषि पञ्चमी पर्व मनाउँदै, महिलाहरुका लागि बिदा

काठमाडौ, २१ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तऋषिको पूजा गरी विशेष गरी हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् ।
बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकाले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो । आजदेखि यो वर्षको तीज पर्व सकिएकोरुपमा पनि मानिन्छ ।
महिलाको रजस्वला अर्थात महिनावारी र छुवाछुतसँग जोडिएकाले कतिपय अधिकारकर्मीहरुले महिनावारीलाई छुवाछुतको रुपमा लिन नहुने आवाज उठाउँदै आएका छन् । महिनावारी नियमित र आवश्यक प्रक्रियालाई छुन नहुने र आजको दिन चोखिने भन्ने व्याख्यालाई फेर्दै जानुपर्ने उनीहरु बताउँछन् ।
आज काठमाण्डुको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा (ऋषिपञ्चमी) मेला भर्न महिला भक्तजनको घुइँचो लागेको छ । यो मन्दिरमा प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन पर्ने ऋषिपञ्चमीका अवसरमा दर्शन तथा पूजा आराधना गर्न महिलाहरूको भीड लाग्ने गर्छ ।
आज सरकारले महिलाहरुका लागि सार्वजनिक बिदा दिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts