Monday, September 5, 2016

बाल विवाह न्यूनीकरण गर्न धार्मिक गुरुहरुको प्रतिबद्घता

मुगु, २० भदौ । मुगु जिल्लामा व्याप्त रहेको बाल विवाह न्यूनीकरण गर्न यहाँका विभिन्न धर्मका धर्मगुरुहरु एक ठाउँमा उभिएका छन् ।

आज जिल्लामा अन्तर धार्मिक राष्ट्रिय सञ्जालले आयोजना गरेको बाल विवाह न्यूनीकरणमा धर्मगुरुहरुको भूमिका नामक अन्तक्र्रिया कार्यक्रममा धर्मगुरुहरुले एकै ठाउँमा बसेर जिल्लामा बालविवाह न्यूनीकरणमा काम गर्ने प्रतिबद्घता जनाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय धार्मिक सञ्जालका केन्द्रीय कोषाध्यक्ष रत्नप्रिया महर्जनले बालविवाह न्यूनीकरणका लागि मानिसको धारणामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो ।

जिल्ला सञ्जाल मुगुका अध्यक्ष भीमप्रसाद चौलागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा छायाँनाथ मन्दिरका पुजारी भीमप्रसाद चौलागार्इं हिन्दू धर्मले पनि बालविवाहलाई स्वीकार नगरेको बताउनुभयो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा अन्तरधार्मिक राष्ट्रिय सञ्जालले जिल्लास्थित आफ्ना सञ्जालको साझेदारीमा देशमा बालविवाह र महिला हिंसा बढी भएका ११ जिल्ला मुगु, सप्तरी, धनुषा, बैतडी, बझाङ, डोटी, रौतहट, कालीकोट, अछाम, बाजुरा र हुम्ला कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts