Wednesday, September 21, 2016

न्यूनचापीय प्रभावले वर्षा शुक्रबारदेखि सुधार

काठमाडौँ, ५ असोज । देशको मध्य र पूर्वी भेगमा न्यूनचापीय क्षेत्रको प्र्रभावका कारण मौसममा खराबी आएको छ ।

उक्त प्रणालीको असरस्वरुप मौसम बद्ली भई मध्य र पूर्वका अधिकांश भेगमा वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वमा न्यूनचापीय क्षेत्र र मध्यमा न्यूनचापीय रेखाको प्रभावले बद्लीसँगै वर्षात् भएको मौसमविद् विभूति पोखरेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पश्चिम भेगका केही स्थानमा वर्षात् भएको छ, भने सुदूरपश्चिममा कुनै प्रभाव छैन । मङ्गलबार रातिदेखि सुरु भएको यो प्रणाली बिहीबार साँझसम्म जारी रहने र शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् पोखरेलले उल्लेख गर्नुभयो ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी ओखलढुङ्गामा ८२ मिलिमिटर वर्षात् भएको छ । विराटनगरमा २३, धनकुटामा २९, ताप्लेजुङमा ३७ काठमाडौँमा २४, भैरहवामा ३९ र नेपालगन्जमा ३४ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँ उपत्यकाको अधिकतम २९.५ र न्यूनतम १८.५ डिग्रीसेल्सियस रहेको महाशाखाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts